नेपाल कसले बनाउछ ?

  • जगदीशचन्द्र वाग्ले ©

धेरैले धेरै तरिका बाट नेपालको विकाश गर्ने दावी गरे, गर्दै छन र गरिरहलान । यता थोत्रा दराजको चेपमा योजनाका ठेलिहरु चेपिएकाछन । जनता अन्धकारमा बाल्टिन बोकेर पानी खोज्न हिंडेका छन । महङीले उनिहरुलाई पिरोलेको छ । गास वास र कपासको आवस्यकताबाट देश माथी उठन सकिरहेको छैन । असमानता गरिवी बढदो गतिमा छन । दाताहरूको शशर्त विकासे नमुना कार्यान्वनको  निर्धारित समय पुरा भएपछी क्रमभंग हुने गरेकाछन । ‘आफ्नो गाउँ आफै बनाउँ’, ‘वी पी सँग गरिव’ भन्ने गरिएका दलगत कार्य क्रम नाअएका पनि  होइनन । महान क्रान्तिकारीहरूको देश बनाउने रहस्य व्यक्तिगत लाभकोलागि रहेछ । तर पनी लाजै नमानी भनिन्छ की मैले मात्र नेपाल् बुझेको छू र मैलेमात्र यो मुलुक विकास गर्न सक्छु । यसै सन्दर्भमा  कान्तिपुरमा शनिबार, २०७० फाल्गुन १० गते प्रकाशित घनश्याम भुसालको …. देश बनेन, कसले बनाउँछ …. भन्ने लेख प्रमाणित ज्ञान हो वा असफलतालाई ढाक्न विछ्याइएको छाँया अल्प ज्ञान मात्र हो ! राजनीतिको केन्द्रमा रहेको ए. मा. ले. ले पछिल्ला दिनहरुमा कुन निती र कार्यक्रम अगाडी ल्यायो जसको कारणले गर्दा यो मुलुक विकाश हुन्छ भनेर भुषालहरूको दावी पत्याउन सकियोस । त्यस लेखले सिर्जना गर्न खोजेको भ्रम र नखोतलिएका सत्यहरुलाई यहाँ उजागर गर्न खोजिएको छ ।

अहिले बिकासको कुरा गर्दा केही प्रसंगहरु उल्लेख गर्नु सान्दर्भिक हुनेछ .   चाइना र पोल्याण्डको प्रसंग जसलाई प्रोफेसर जोसेफ स्टिग्लित्जले उनको पुस्तक ‘ द ग्लोबलाइजेसन एण्ड ईट्स डिस्कन्टेण्ट्स’ मा उल्लेख गरेका छन । जसानुसार सन १९९९ को कुरा हो चाइना को अध्यक्ष्य झु रोङ्झी विश्व ब्यापार संगठनको सदस्यताको लागि सम्झौतामा सही गर्न अमेरिका गएका थिए ।  त्यहाँ उनलाई – छिटो बित्तिय उदारीकरण गर्नै पर्ने शर्त राखियो । यो शर्तले उनलाई अप्ठ्यारोमा पार्‍यो, अन्तमा उनी सही नगरिकनै फर्किए । चाइना र पोल्याण्ड ले ‘बैकल्पिक रणनिती’ अपनाए, दवाब मा परेर हतारोमा निजिकरण गरेनन । खुल्ला रुपमा ‘वासिङंटन कन्सेन्सस’ को अस्विकार गर्न सकेकैले पोल्याण्डको बिकास भएको हो भनेर त्यहाँका तत्कालिन  उपप्रधानमन्त्रि जी. कोलोद्कोले भनेको कुरा उल्लेख छ । आज एसियाको चाइना र यूरोपको पोल्याण्ड उच्च आर्थिक ब्रिध्धिको कारणले गर्दा सम्मानित हुन पुगे । यस प्रसँगबाट के सिक्न सकिन्छ भने पार्टी भनेको निर्जिव शक्ती हो त्यसलाई परिचालित  गर्ने भनेको नेता र त्यसका कार्यकर्ताहरुलेनै हो । यदी नेता आफ्नो निती तथा कार्यक्रममा प्रस्ट छन भने उनिहरुले निकै छोटो समयमा जनताको विश्वास लिन सक्छन, त्यही विश्वास पछी राष्ट्रको शक्तिमा बदलीने हो। हाम्रा नेताहरु यो गर्छु भनेर ब्ल्याक एण्ड व्हाइटमा कार्यक्रम सहीत आएका हुंदैनन तेसैले यो गर्नु पर्छ र यो गर्नु हुन्न भनेर हेक्का पनि रहन्न । सत्तामा पुगेछी ‘धोतीको फेर’ र ‘ड्र्यागनको पुच्छर’ समतेर बैतरणी तर्न खोज्ने हाम्रा नेताहरुको दृष्‍टि दोश छ । असल प्रयोजनका लागि सम्झौता गरीदैछ भने जनता र दलहरुलाई पनि त नेताहरुले विश्वासमा लिन सक्नु पर्‍यो नि ! जस्तो कि बाबुराम भट्टराईले भारतसग गरेको बिप्पा सम्झौता पछील्लो उदाहरण हो । सम्झौता त भयो तर त्यस पछीको बिवाद सल्टाउन नसक्नु, उल्टै विभजनको भुमरिमा फस्नुले नेत्रित्व माथि सर्वत्र अविश्वास पैदा भयो ।

अर्को प्रसंङ छ – जिम ओ’नीलले सन २०३५ सम्म चाइना पहिलो र भारत तेस्रो आर्थिक शक्तिका रुपान्तरित हुने कुरा आफ्नो पुस्तक ‘ द ग्रोथ म्याप’ मा तत्थ्यांक सहीत प्रस्ट्याएका छन । उनले अगाडि भनेका छन कि सन २०५० भित्र जि-सेभेन ले लिएको ठाउँ ब्रिक सनंगठनले लिने छ । कुरा के हो भने भारत र चाइना यती अगाडि आइरहेका बेला नेपाल कता हराएको छ । गृह मन्त्रिको झगडामा मुलुकलाई वन्धी बनाउने दलबाट के आस गर्ने ! अब पनि राणा, राजा र पञ्चायतलाई गाली गरेर यती महत्वपूर्ण समय बिताउने यिनै नेताहरुबाट धेरै आस गर्नु बेकार छ । कोही जन्मेलान यो देश बनाउने, कुनै भाग्यमानी आमाको गर्वमा त्यो नेत्रित्व होला ।

कुटनितिक सम्बन्ध, बिशेषगरी खुला सिमानाको कारणलेगर्दा भारतसंग, र आधारभुत आवश्यकताका कुराहरुमा जनताको चासो धेरै छ । यिनै कुराहरु अहिलेका सबैभन्दा बिवादित बिषय पनि हुन । भारत र चाइना हाम्रा निकटका छिमेकी हुन । यिनिहरुमध्ये एउटालाई काख लिएर आर्को लाई पाखा लगाउन सक्ने क्षमता नेपालको छैन र गर्नु हुंदैन पनि । दुबैको ‘मन जित्ने कुटनिती’ मार्फत प्राकृतिक श्रोतको उपयोगतिर लाग्नै पर्छ । नेपालको प्राकृतिक श्रोतको उपयोग गर्न लाभ, हानी र सहभागीताको आधारमा ‘’तिनवटै देशहरुको साझा हित’’ प्रतिविम्बित हुने गरी त्रिकोणात्मक संबन्धको खाका तयार गर्न ढिलो भई सकेको छ । भारत र चाइना लगानी गर्न सक्ने मुलुक हुन । यिनिहरुलाई चिड्याएर कम्सेकम नेपालको हित हुने देखिदैन । ”मानव अधिकार र प्रजातन्त्रको खोल भित्र शक्ती बिस्तार गर्ने’ ‘’ग्लोबलाईजेशनको रणनितीसँग’’ पनि नेपाल परीचित र अभ्यस्त हुंदै आफ्नो ‘शक्ती पहिचान’ गर्न सक्षम हुनैपर्छ । तेसैले तिनिहरुको बिकासबाट फाईदा लिन कतै न कतै हाम्रो शक्ती ‘नानी (जन) र पानी’ ले काम पाउनै पर्छ ।

लेखकको विश्वास नेकपा एमालेले पुरा गर्न सके कमसेकम नेपाली जनताले सुखको श्वास फेर्न पाउने   थिए ।  तर स्वमं लेखकले भनेका छन ‘नेपाल बनाउने पार्टी बनिसकेको छैन’। त्यसै भनेर ‘नेपाल बनाउने पार्टी’ हुन  माओवादीहरु जङलतिर लागे । सबैको हित हुन नसक्ने देखेर अशोक राइहरु नेकपा एमालेबाट बाहिरीइसके अनी नेकपा एमाले भने ‘हिजोका  राजनीतिक क्रान्तिका आवश्यकताले बनेको’ विधान आजसम्म फेर्ने सकेको छैन बरु लेखककै शब्दमा -‘संयुक्त सरकारमा कुन मन्त्रालय कसले लिने भन्ने विषय पार्टीका केन्द्रीय सदस्यहरूभन्दा ठेक्केदार-तस्कर गिरोहको सरोकार बन्दै गएको’ अवस्थामा घेरिएर स्वयमं सुधारको पर्खाईमा जिर्ण छ । अकारण बिघटित अघिल्लो सबिधानसभाको अवधिमा नेकपा एमाले का दुईजना वरीस्ठ नेताहरु प्रधान मन्त्री नबनेका पनि होइनन, अर्थात अवसर पाईेएन भन्ने अवस्था पनि रहेन । बरु आफ्नै दलका नेताले आफ्नै दलका प्रधान मन्त्रिलाई पदच्युत नगरि बिश्राम नलिने घोषणा पनि गरे । भुसाल महोदयले नेपाल बनाउने दल, पार्टिको सदस्य, नेत्रित्व लिने व्यक्तिका लागि निर्धारण गरेका ‘कुराहरु’ भने अस्तब्यस्त वर्तमान नेपालको  सन्धर्भमा राम्रा छन, जवकी शासन चलाऊनेहरुकालागी अपरिहार्य यी ‘कुराहरु’ लेखकको ‘सुझाव’भित्र समेटनु पर्ने अवस्था नै नआउनु पर्ने हो । अर्थात यी ‘कुराहरु’ कार्यन्वयन भईसकेका हुन्थ्ये ।

विश्वमा यतिधेरै बिकासका बहसहरु चलिरहंदा कम्सेकम नेपालमा पनि गरिवी, जलश्रोत, पर्यटन, बैदेशिक लगनी, अन्तरराष्ट्रिय सम्बन्ध जस्ता कुराहरुमा बहस चर्चा परिचर्चाहरु हुने गरेका भए कसै न कसै माथि विश्वास गर्ने ठाउँ रहन्थ्यो । त्यतिमात्र होइन अहिलेको काठमाडौंको धुलो, लोडसेडिङं,  र अस्तव्यस्त यातायात सुधारने तर्फमात्रै पहल गरिदिएको भए पनि हुन्थ्यो । त्यती गर्न नसक्ने दलहरुलाई कल्पनाको रङ पोतेर चम्काईेएको पदाकांक्षी विद्वत्वाले दिग्भ्रमित मात्रै पार्दछ । अहिलेकै राजनीतिक दल, सोच र नेत्रित्वहरुबाट नेपाल बन्ने अवस्था देखिएको छैन बरु नेपालको अखन्डताको सवाल झनझन पेचिलो बन्दै गएको छ । दल भित्र आफ्नो आकार साँघुरो हुने देखेर छटपटिएका तिनै थोत्रा नेत्रित्वबाट बनाइने ‘नयाँ शक्ति’को निर्माणले समस्या समाधान हुने पनि होईन ।   नेपाल बनाउने पार्टीको  रुपमा नेकपा एमालेमाथि घनश्याम भुसालले तेती धेरै विश्वास गर्नुमा सत्यता कम देखिएको छ । देश बनाउने कुरा गर्दा यथार्थताको वकालत गरेर नेताहरुलाई दवाव दिन सकियो भने खेर गएको मसी र कागजको सार्थकता रहन्छ ।

20/03/2014

http://wp.me/p4eVoB-my

Advertisements