छोराको सन्देश  (कथा)

आदरणीय बाबा, आमा !तपाईँहरुबाट म हराएको भोलि पैंतालिसौं दिन हुँदैछ । मलाई थाहा छ तपाईंहरु पुत्रको वियोगमा प्रत्येक निमेष छट्पटाइरहनु भएको छ । तपाईहरुलाई मैले दुःखमाथि दुःख थप्ने क्रम कमसे कम अब सकियो भनी ठानी दिनुहोला । र मेरो काजक्रिया गरेर संस्कारको बन्धनबाट छुटकारा पनि लिनुहोला ।

भाइ, म र तपाईंहरु सपरिवार जिन्दगी बनाउने ठूलो सपना बुनेर चार सालअघि बेलायत छिरेका थियौं । नयाँ ठाउँ, नयैँ समस्या । भाषाको समस्याको कारण कति पटक बिचरा आमा हराउनु भयो । एकपटक त पुलिसले कागजसमेत गराएर बुझाएको थियो । यहाँको कुनै पनि प्रबिधिसँग परिचित नभएकै कारण हामीले हजार हण्डरहरु खायौं । दुःखहरुको सामना गर्दा छोराहरुको भविष्य भनी चित्त बुझाउने गर्नुहुन्थ्यो । ती दुःखका दिनहरु कोट्याएर म तपाईंहरुको घाउमा झन् नुनचुक थप्न चाहन्नँ । तपाइहरुको सपना भताभुङ्ग नहोस् भनेरै मैले यो दुनिया छाड्ने निर्णय लिएको हुँ । पक्कै पनि यो खबर सुनेर मलाई नौ-नौ महिनासम्म गर्भमा हुर्काउनु भएकी मेरी प्यारी आमा भक्कानिएर मूर्छा पर्नुहुनेछ । आमा !, मसँग मृत्युबाहेक कुनै विकल्प थिएन । त्यसैले मैले यही नै निर्णय लिएको हुँ ।

तपाईँहरुलाई थाहै छ, म पटक-पटक घरबाट बेपत्ता भएँ । धेरैपटक पुलिसको कोठरीमा पनि रात बिताएँ । उसको नजरमा म एन्टी सोसल एक्टिभिटीमा लागेको कुख्यात अपराधी भइसकेको थिएँ । मैले बाटो बिराएकै हो । किनभने म हराइरहेको बेला मलाई अशल भविष्यको बाटो देखाई दिने मानिस र संगत मैले पाउन सकिनँ ।नजाँनिदो पाराले म साथिहरुको सम्पर्कमा आएँ । तब भने मलाई निकै सजिलो महशुस हुन थाल्यो । मैले आफ्नै समाज पाएँ । त्यो समाजमा मैले जे-जे गर्नु थियो, गरेँ । चुरोट खान सिकें, केटीहरुसँग हिडन र मस्किन पनि सिकें । हुँदा हुँदै एच. आई. भी. र एड्सलाई पनि परवाह गर्न छाडें । सिक्दा-सिक्दै गाँजाबाट सबै नशालु चिजहरुमा हात हालें । कता हिजो एक्लिएको लाइफ, कता आजको ग्यादर र साथी सर्कलको मज्जा । म हराउँदै गएँ, झुम्दै गएँ, र डुब्दै पनि गएँ । म खहरे भेल पुछारमा सुक्दै गएँ, तपार्इँहरु तालिएको तलाउ चर्को घाम र तापमा सुकिरहनु भयो । यो कुरा न तपाईंहरुले बुझनुभयो, न मैले तपाइहरुलाई बुझाएँ । न त आफैले बुझें कि त्यहाँ असल र पढन्ते साथीहरुको पनि समाज छ भनेर । सजिलो जता थियो म पानी झैं त्यतै बग्दै रहें । तपाईहरु ऋण भनेपछि घीन लाग्ने नेपाली सोंचलाई चटक्कै त्यागेर मोर्गेजबाट मुक्ति पाउन तैरँदै हुनुहुन्थ्यो, अत्तालिंदै काममा दौडँदै हुनुहुन्थ्यो । भाइ कता हो कता अत्तो पत्तै थिएन । यसरी समाजले नै हामीलाई छिन्नभिन्न बनाउँदै लग्यो । समाजमा छिर्न पाउनु मात्र ठूलो कुरा होइन त्यसलाइ सदुपयोग गर्न सकिएन भने झनै सत्यानास पनि हुन सक्छ भन्ने कुरालाई हामीले बेलायत छिरेपछि त लागू नै हुँदैन भन्ने ठानेछौं ।

बाबा, आमा !म अहिले नर्कमा छु । धरतीमा मैले गरेका कूकर्मको लागि दश वर्ष नर्कमा बिताउनु पर्दोरहेछ । त्यसपछि स्वर्ग छिर्ने मेरो बाटो क्लियर हुनेछ । त्यस पछिको पाँच वर्ष मैले स्वर्गमा परीक्षण भीसामा रहनु पर्छ । अनि बल्ल, मलाई स्वर्गको ग्रीन कार्ड प्राप्त हुने छ । मैले यो अवधिमा कुनै पनि गलत काम गरेको पाइएमा मेरो चोला बदलेर सोझै त्यतै फर्काइने छ । त्यसैले म यतिखेर अशल यात्रामा छु । यो नर्कले मलाई अशल हुन घेराबन्दी गरिराखेको छ, मेरो स्वतन्त्रता त स्वर्गको ग्रीन कार्ड पाएपछि कसरी प्रयोग गर्ने, त्यो भने पछि नै विचार गरौंला । सुनेको छु, त्यहाँ त सबै कुरा गर्न पाइन्छ रे, हेरौं पछिको कुरा के हुन्छ । त्यस पछि मिल्यो भने तपाईंहरुलाई पनि यतै ल्याउने विचारमा छु ।

सबै सपना रहेछ भनेर मेरो बाटो कुरी नरहनु होला । जीवनमा मलाई धेरै पश्चाताप भयो । त्यसैले अचम्मको परिवेशमा मैले आत्महत्या गरिदिएँ । म मरिसकेको छु । काजक्रिया गरेर ढुक्क हुनका लागि मैले सपनामा मै आएर भए पनि तपाईहरुलाई जानकारी गराउन उपयुक्त ठानेँ । भाइलाई पनि मेरो बारेमा सुनाइदिनुहोला । बेलायतमा बस्न मात्र होइन कि उसलाई अशल मान्छे बन्न पनि सिकाउनु होस् । हवस् त, हतार भइसक्यो…। फेरि चित्रगुप्तले सबै रेकर्ड गर्छन् । आमालाई ढोगेर बिदा हुन्छु है…….?

Jesi  Wagle
merouk.com

June 19th, 2010

**************************************************************

जीवन यात्रा : Madhuparka (Kathaa) 2052 BS

 अभय, रोशनी र अबोध मुख्य पात्र रहेको यो मेरो कथा मधुपर्क मासिकमा प्रकाशित भएको हो । उच्च शिक्षा हासिल गरेर  Oxford  University  बाट फर्कदै गर्दा जहाज दुर्घटनामा परेको कारण रोशनीलाई श्रीमान अभय र छ बर्षे छोरा अबोधले एअरपोर्टमा धुक्धुकी मात्र फेला पारे । वर्णित वास्तविकतामा टुङिएको  कथाले अन्धकार भविष्यको ‘जीवन यात्रा’ त सुरु गर्‍यो नै, तर रोशनी बिनाका  अभय र  अबोधको जीवन कस्तो होला … … …

संग्रहमा रहेका यस्ता धेरै साहित्य संबन्धी मेरा रचनाहरु क्रमश पोस्ट गर्दै लग्नेछु । 

Advertisements

Leave a comment

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s