INCOMESCO

An Open Discussion around Food Security, Inequality, Poverty, International Development, Economics and Area of Interest

पिताजिसँगको अन्तिम क्षण

© Jesi Wagle

त्यो रात सपनामा आफ्नै परिवारको एकजना सदस्यलाई समुन्द्रको छालले ढाकेको देखेको थिएं । स्कट्ल्यान्ड जाने पटक्कै मन भएन । सबै तयारी भईसकेको थियो । लण्डनको विक्टोरियाबाट रातिको नेसनल एक्स्प्रेस कोचमा १० घण्टा लगाएर एबर्डीन र त्यसपछी २ घण्टामा बान्फ पुगें । क्षितिजहिन एटलान्टिक समुन्द्रको किनार देख्नेबित्तिकै खुम्चिएको यो मन तेतिबेला सितांगै भयो जती बेला म बस्ने घरको १३ नम्बर आँखामा ठोकियो । १३ नम्बरलाई यहाँ अशुभ मानिन्छ ।

२००६ को क्रिस्मस मनाउने तयारी थियो । मेरो भने सबै उत्साहहरू सेलाउंदै गये । साथीहरु खांदैथिए, म त सुत्न गएं ।

बिहानको ९ जती बजेको रहेछ । का का, कागको जिरिक्क लाग्ने स्वर संगै ब्युझेँ । झ्याल अगाडि अर्को घरको छानामा बसेर काग मच्ची मच्ची मै तिर फर्केर कराइ रहेको रहेछ । मलाई भने पत्याउन गाह्रो भईरहेको थियो कि- यी सबै अन्धविश्वास हुन कि यथार्थ संकेत !

काग कराउन छाडेको १०-१५ मिनेट के भएको थियो मोबाईलमा घण्टी उर्लिएर बज्यो । मन ढक्क रोकियो बिस्तारै फोन उठाएँ । फोन गर्ने भान्जासँग कुरा हुंदैथियो- मैले बुझें । भान्जाले बिस्तारै कुरा खोल्नु भयो । आँसुका धारा नरोकिने गरी दर्किए । पोल्याण्डमा पढन गएको भाईलाई समालिएर फोन गर्न खोजेँ । वाक्य पुरा नहुंदै झन आँसु बगे, दुबैजनाले आँसु रोक्न सकेनौं ।

क्रिस्मसको दिन चरो मूसो केही चलेको थिएन । भोली पल्ट बक्सिंङ डे – १ बजे तिर बल्ल एउटा बस आयो तेसैमा लण्डन फर्केँ र जे जती सकें त्यो सांस्कृतिक खडेरिमा संस्कार गरें । त्यो बेदनाको घाउमा मलम लगाउन सक्ने संस्कार हाम्रा लागि आकाश जमिन थिए । यतीसम्म कि म शोकमा सुँक्क सुँक्क
गरीरहेका बेला बिचरा एक जना स्कटिस मित्रले सान्त्वना दिंदै भन्यो- ”बियर त चल्छ होला नि” !!!

पिताजी स्व. वालचन्द्र वाग्लेले हुस्सुले भरिएको त्यो बिहानिमा हात हल्लाएर मलाई बिदा गर्नुभएको थियो । बुढ्यौलिले खुम्चिएको शरीर, पाल्पाली ढाकाको टोपी, नौनी रङको सुरुवाल, खद्दरको भोटो माथि सेतोमा काला बुट्टा भएको स्वीटर सहित हसिलो त्यो चेहरा मेरा लागि अन्तिम स्मरण भए। यो चिसोमा किन बाहिर आउनु भएको भन्दै म भने वहाँबाट संधै भरकालागी टाढा हुन पुगेछु ।

त्यती बेला लामो समय पनि बेलायत बसिएन । पिताजिसँगको अन्तिम क्षणको सहवासबाट मात्र बिछोड हुन पुगिएछ ।

अस्ती २० तारिखको राती सपनामा पिताजीलाई भित्तमा आड लगाएर बसेको देखें । सोर्हश्राध्ध चलिरहेको रहेछ । केही दिन अगाडि मात्रै भतिजाले सम्झाएको पनि थिए ।

स्वर्गबासी आफ्ना पुर्वजहरुसँग वार्ता गर्नसक्ने सफलता बिज्ञानलाई मिलोस । बैज्ञानिकहरु सफलतामा हर्सोल्लास मनाइरहन्थ्ये, म भने पिताजिसँग घटना र सम्योगहरु सुनाउन पाउंथें ……

आज सोर्हश्राध्धको पुण्य तिथिमा पिताजीप्रती हार्दिक श्रध्धान्जली अर्पण गर्दछु ।

25 September 2013

 

Advertisements

Leave a comment

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: