संबिधान लेखाउनेहरुलाई

नेपाल, संबिधान सभा २ को निर्वाचनमा बिजयी सबैमा हार्दिक बधाई छ । स्मरण रहोस् – प्रजातन्त्रको आदर्श नै राष्ट्र निर्माणको अभीयानमा कोही कसैले हारेको हुंदैन, भन्ने नै हो।

यो बेला पदको कुरा गर्ने होइन । पद अस्थाइ हुन्छ र तेसले चरित्र र आदर्शको स्खलन पनि गराउछ । तेसैले आदर्श र जिम्वेवारीको कुरा गरौं . जनताले दिएको जिम्वेवारी पुरा गर्न एक जुट होऔं । एही सेरोफेरोमा रहेर नेताहरुलाई सहयोग र सचेत गरौ । कृपया कुर्ची मोह नदेखाउँ ।

संबिधान नपाएर काकाकुल बनेका जनताको प्यास मेटाउँ । र नेपालमा धेरै राजनीतिक दलहरु आवश्यक छैनन भन्ने सन्देश दिने बेला पनि यही हो । जनता को फैसला एकदम शही छ ।

एक बर्ष भित्र संबिधान र स्थानिय निकायको निर्वाचन गराउने तर्फ एकबद्ध भएर लागौँ । शब्दको बिकास होइन, बिकासकै कुरा गरौँ ।

बैदेशिक निती कमजोर छ – बैदेशिक मामला आयोग बनाउने तर्फ सोच्नु राम्रो हो । दिर्घकालिन बिकास निती कमजोर छ – बिकास अनुसन्धान आयोग बनाउनु पर्छ । अपार श्रोत छ, लागानी गर्न सक्ने दुई ठुला मुलुकलाई आकर्शित गर्ने निती र कार्यक्रम चाहियो । जानताका प्रतिनिधिहरुले कस्तो भूमिका निर्वाह गर्नु पर्ने हो सबैलाई हेक्का छैन, तेसैले राजनीतिक स्कुल खोल्नु राम्रो हो । परिवर्तनका संवाहक युवाहरुको निती नै छैन- युवा आयोग बनाउनै पर्छ र ति आयोगहरु मार्फत ‘आफ्नो परम्परा, श्रोत र आवश्यकता सुहाउंदो गरी आधुनिक प्रबिधी भित्र्याउने तर्फ लागौं । यो अभियान कुरा गरेर पुरा हुँदैन, तेसका लागि इमान तत्परता, अध्ययन र अनुसन्धान को खाचो पर्छ । जव यी जिम्वेवारी बोध हुन्छ भने जो कोहिले पनि पद को कुरा गर्नै सक्दैन । आफ्नो आवश्यकता जहाँ छ त्यही भूमिका निर्वाह गर्ने तर्फ सोच्नु नै यतिखेर महानता हुनेछ । नत्र आजको हाँसो भोली आँसुमा बादलिन कत्ती बेर लाग्ने छैन ।

एक पटक सपुतहरुको नाममा कसम खाउँ-

‘यो मुलुक साना दु:खले आर्ज्याको होइन, सबैलाई चेतना भया ‘- स्व बडामहाराजाधिराजा पृथ्वी नारायण शाह

‘संकट परेका बेला एक मुठी स्वदेशको माटो लिएर आँफैलाई सोध्नुहोस्- के गर्ने भनेर आँफै जवाफ पाउनुहुने छ’- स्व जननायक बिश्वेश्वर प्र कोइराला

**************************************

 

Advertisements

Leave a comment

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s